विहानै बानेश्वरमा मोटरसाइकल दुर्घटना, सशस्त्र प्रहरी जवानको गयो ज्यान


३० कार्तिक २०७६, शनिबार
Two motarcycle accident

काठमाडौं, ३० कार्तिक । काठमाडौंको बानेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरी जवान गोकुलबहादुर रोकायको ज्यान गएको छ ।

शनिबार बिहान बा ९१ प १७६६ नम्बरको मोटरसाइकल सडक डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा महानगरीय प्रहरी प्रभाग बलम्भूमा कार्यरत बाजुराका रोकायको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । प्रदीप सशस्त्र प्रहरी बल राष्ट्रिय प्रतिष्ठान मातातीर्थमा तालिमरत रहेको पनि प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा सिभिल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि बसेका उदयपुरको चौदण्डीगढी नगरपालिका–४, का प्रदीप मगरको सिभिल अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७