पुक्की र जसुको गोलले फिनल्याण्डलाई पुर्‍यायो युरोकपमा छनोटमा


३० कार्तिक २०७६, शनिबार
euro

काठमाडौं, ३० कार्तिक । फिनल्याण्ड जारी युरोकपमा छनोट भएको छ । फिनल्याण्ड यो प्रतियोगितामा पहिलो पटक छनोट भएको हो । छनोट प्रतियोगितामा कप्तान पुक्कीले ९ खेलमा ८ गोल गर्न सफल रहे ।

नर्विच सिटीका फरवार्ड पुक्कीले दुई गोल र जसु तुमिने एक गोल गरेपछि फिनल्याण्डले युरोकप छनोटमा गएराति भएको खेलमा लिचेस्टाइनलाई ३–० ले हराएको हो ।

फिनल्याण्ड मुख्य प्रतियोगिता नखेल्ने एकमात्र उत्तरी युरोपेली देश रहँदै आएको थियो । तुमिनेले २१ औ मिनेटमा फिनल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए ।

६४ औं मिनेटमा पुक्कीले पेनाल्टीमार्फत फिनल्याण्डको अग्रता दोब्बर बनाउने काम गरे । पुक्कीले ७५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फिनल्याण्डलाई ३–० ले अघि बढाएका थिए ।

जितसँगै समूह ‘जे’को दोस्रो स्थानमा रहेको फिनल्याण्डले ९ खेलबाट १८ अंक जोड्न सफल भएको छ । उसले एक खेल बाँकी रहँदै तेस्रो स्थानको ग्रिससँग ७ अंकको अग्रता लियो ।

शीर्ष स्थानको इटालीले ९ खेलबाट २७ अंक बटुलेको छ । त्यसैगरी लिचेस्टाइन २ अंकसहित तालिकाको पुछारमा छ । यस्तै ग एराति नै भएका अन्य खेलमा इटालीको शत प्रतिशत जित कायम छ । इटालीले बोस्निया हर्जगोभिनालाई ३–० ले हराएको हो ।

जितसँगै इटालीले ९ खेलबाट २७ अंक जोड्दै समूह विजेता बन्ने टुङ्गो लगाएको छ भने, बोस्निया १० अंकसहित तालिकाको पाँचौ स्थानमा यथावत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७