प्रहरीले भेट्टायो दाङमा अत्याधुनिक हतियार, विप्लव समूहले छाडेको दावी


३० कार्तिक २०७६, शनिबार
hatiyar SkJlsEyZYl

दाङ, ३० कार्तिक । दाङमा प्रहरीले ठूलो संख्यामा अत्याधुनिक हतियार फेला पारेको छ । बेवारिसे अवस्थामा हतियार तथा गोली गठ्ठा फेला परेको प्रहरीको भनाइ छ ।

दाङबाट कपिलवस्तु स्थानान्तरण गर्न लागिएको अत्याधुनिक हतियार छाडेर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरु भागेपछि हतियार छाडिएको प्रहरीको भनाइ छ ।

प्रहरीले निरन्तर निगरानीमा राखेको र छापा हान्न प्रहरी पुगेको सूचना पाउना वित्तिकै विप्लवका कार्यकर्ता हतियार छाडेर भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए ।

प्रदेश ५ प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले शिवराज नगरपालिका – १ कालाकाटे क्षेत्रको एक खाली गोठमा लुकाएर राखेको अवस्थामा पाँच थान एसएमजी राइफल, १३ थान म्याग्जिन, त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद गरेको साहले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७