सरकारले सीमा समस्या समाधानका लागि पहल गर्नै सकेन : देउवा


३० कार्तिक २०७६, शनिबार
deuwa

कञ्चनपुर, ३० कार्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् । उनले सरकाले राष्ट्रवादको नारा दिए पनि त्योअनुसार काम गर्न नसकेको आरोप लगाए ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए । पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए ।

‘बालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो’, उनले भने, ‘सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।’

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७