यी हुन प्रदेश नं. १ बाट एमालेका समानुपातिक प्रदेश सांसद (सुचीसहित)


१३ पुष २०७४, बिहीबार
pradesh 1 uml 1

काठमाडौं : नेकपा (एमाले)ले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ ।  एमालेको बिहिबार बसेको स्थायी समितकिो बैठकले प्रदेश नं. १ को समानुपातिक तर्फबाट १५ महिला सांसदहरुको नाम निर्वाचन आयोगमा पठाएको छ । प्राप्त सुची अनुसार प्रदेश नं १ बाट एमाले पाएको १५ जनामा सबै महिला पठाएका छन् ।

प्रदेश नम्बर १ मा एमालेले १५, कांग्रेस १३ र माओवादीले ५ सिट ल्याएका छन्। यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गरेका छन्।

एमालेले सबै प्रदेशमा गरी ७५ सिट पाएको छ । प्रदेश ७ मा ८ सिट पाएको एमालेले सबै महिलाको नाम पठाएको छ । कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएकाले प्रदेश ७ को समानुपातिकमा सबै महिला पठाइएको हो । एमाले प्रदेश २, ४ र ६ बाट मात्र केही पुरुष पठाएको एक नेताले बताए ।

प्रदेश ७ मुख्य मन्त्रीका दाबेदार एमालेको पोलिटब्यूरो सदस्य कर्णबहादुर समानुपातिकमा परेनन् । पूर्वसांसद समेत रहेका थापा समानुपातिक सूचीमा खस आर्यको कोटामा पहिलो नम्बरमा थिए ।

यो प्रदेशमा प्रत्यक्षतर्फ १७ सिट जितेको एमाले कुल २५ सिटसहित सबै भन्दा ठूलो दल बनेको छ ।

एमालेले प्रदेश नं. १ बाट पठाएको प्रदेश सभाको सदस्य सूची

pradesh 1 uml 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७