काम गर्ने महिलासँगै अनैतिक सम्बन्ध, श्रीमतीको अगाडि चाँहि भन्थे ‘बहिनी’


३० कार्तिक २०७६, शनिबार
gulmi kanda pic

गुल्मी, ३० कार्तिक । गत कार्तिक १६ गते गुल्मीको जङ्गलमा बेवारिसे तीन शब फेला परे । करिब ३२ बर्षकी जस्ती महिला र उनका जुम्लाहा छोरीहरुको शब फेला परेपछि शुरुमा शबको पहिचान नै भएन ।

पछि प्रहरीको अनुसन्धानबाट उक्त शब पोखरा हेमजामा काम गर्ने सरिता भनिने शिबमाया लिम्बू र उनकी सात बर्षीया जुम्लाहा छोरी गंगा–जमुना रहेको पत्ता लाग्यो ।

पोखरा बाग्लुङ खडक खण्डमा काम गर्ने कामदारको लागि राखिएको क्यान्टिनमा काम र्ने सरितालाई क्यान्टिन सञ्चालक पूर्णबहादुर सुनारले गुल्मीको जङ्गलमा लगेर हत्या गरेका थिए ।

श्रीमानको निधन भएपछि जुम्लाहा छोरीसहित पोखरा आएकी सरिताको पूर्णबहादुर सुनारसँग अनैतिक सम्बन्धका कारण उनले छोरीसहित हत्या गरेको स्थानीयहरुले बताएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार श्रीमतीको अगाडि बहिनी भन्ने र श्रीमती नहुँदा बस्ने कोठामा समेत सँगै बस्ने गरेको समेत बताए ।

पूर्णबहादुरकी श्रीमतीका अनुसार सधै बहिनी भनेर सम्मान गरेको तर अन्त्यमा उही केटीका कारण आफ्नो घर तहसनहस भएको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७