विश्वकप खेल्ने चार खेलाडी विमलसहित राष्ट्रिय टिमबाट बर्खास्त


३० कार्तिक २०७६, शनिबार
bimal garthi magar

काठमाडौँ ३० कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ ।

एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनश राजवंशीलाई हटाएको हो ।

नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ । कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानको यात्रा गर्ने छैनन् । उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ ।

एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको (एन्फा)का प्रवक्ता किरण राईले नयाँपेजलाई जानकारी दिए ।

(साग)को खेलको लागि पनि प्रतिबन्ध लागएको हो भन्ने प्रश्नमा भने कत्ति समय भनेर तोकीएको छैन अहिले भुटानको लागि मात्र बर्खास्त गरिएको बताए ।

नेपालले विश्वकप छनोटमा कुवेत विरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै एसियाली फुटबल महासंघले जनाएपछि नेपाली टिम घरेलु खेल भुटानमा खेल्न बाध्य भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७