काे-काे बन्दैछन् प्रदेश नं.३ बाट एमाले समानुपातिक प्रदेश सदस्य ? (सुचीसहित)


१३ पुष २०७४, बिहीबार
uml

काठमाडौं  : नेकपा (एमाले)ले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ ।  एमालेको बिहिबार बसेको स्थायी समितकिो बैठकले प्रदेश नंं. ३ बाटको समानुपातिक तर्फबाट प्रदेश सदस्यमा सबै महिला निर्वाचन आयोगमा पठाएको छ ।uml

प्रदेश नम्बर ३ मा एमालेले १६ सिट पाएको छ भने कांग्रेसले १४ र माओवादीले ८ सिट प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीले ३ सिट र नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले एक एक सिट प्राप्त गरेका छन्।

कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएपनि प्रदेश नं. १ १५ सिट सबै महिला पठाएका छन् । एमाले प्रदेश २, ४ र ६ बाट मात्र केही पुरुष पठाएको एक नेताले बताए ।

प्रदेश ७ मा ८ सिट पाएको एमालेले सबै महिलाको नाम पठाएको छ ।  एमालेले सबै प्रदेशमा गरी ७५ सिट पाएको छ ।

प्रदेश ३ मा एमालेबाट समानुपातिक प्रदेश सांसदहरूः
बेलीमाया घले
जुनेली श्रेष्ठ
सरस्वती बाटी
शान्ति थिङ
देवकी श्रेष्ठ
इन्द्रमाया गुरुङ
सीता लामा
आसमाया तामाङ
उर्मिला कर्माचार्य
रचना खड्का
मुनु सिग्देल
सरस्वती बस्नेत
गोमा भुर्तेल
मीना ज्ञवाली
पार्वती सिलवाल
मैना अछामी

याे पनि पढ्नुहाेस्

यी हुन प्रदेश नं. १ बाट एमालेका समानुपातिक प्रदेश सांसद (सुचीसहित)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७