बलात्कारको मुखबाट बचाएका युवाले नै गरे साथीहरु बोलाएर सामुहिक बलात्कार


३० कार्तिक २०७६, शनिबार
Rape for nayapage

काठमाडौं, ३० कार्तिक । अप्ठ्यारोमा परेको बेला सहयोग गर्ने मानिस ‘भगवान’ सरह मानिन्छ । अझै आफू बलात्कारको मुखमा परेका बेला अचानक कोही आएर बचाउनु साक्षत भगवान प्रकट भए सरह नै हो ।

तर, यहि आफूलाई बचाउन आएको व्यक्तिले उल्टै साथीहरु बोलाएर सामुहिक बलात्कार गर्छ भने यो सबैभन्दा ठूलो विश्वासघात हो ।

भारतको नोइडामा यो साता एक २१ वर्षे युवतीलाई पाँच पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । युवती एक परिचित व्यक्तिले रोजगारीबारे कुराकानी गर्न बोलाएपछि नोयडाको सेक्टर ६३ गएकी थिइन् ।

घटना बुधबार राति साढे ८ बजे नोयडाको सेक्टर ६३ स्थित एक पार्कमा भएको थियो । घटनास्थलबाट जम्मा ५०० मिटरको दूरीमा एक प्रहरी पोष्ट छ ।

प्रहरीले घटनासम्बन्धमा चार व्यक्तिलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामको कुरा गर्न बोलाउने रवी भन्ने व्यक्ति पनि छन् । उनले शुरुमा युवतीलाई बलात्कार गर्ने प्रयास गरेका थिए । घटनाका थप दुई आरोपीहरु भने अझै फरार छन् । सबै आरोपीहरु नोइडाको सेक्टर ६३ का बासिन्दा भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार नोइडामा परिवारसँग बस्ने युवती बुधबार रवीले भेट्न बोलाएपछि सेक्टर ६३ गएकी थिइन् । एक म्यानपावर एजेन्सीमा पिऊनको काम गर्ने रवीले युवतीलाई काम मिलाइने दिनेबारे थप कुराकानी गर्न बोलाएका थिए ।

रवीले कुराकानी सहज हुने भन्दै नजिकको पार्क जान महिलालाई सहमत गराएका थिए । तर, साँझको समय सुनसान रहेको पार्कमा रवीले युवतीलाई बलात्कार गर्ने प्रयास गरे । तर महिलाले रवीको हरकर्तको प्रतिरोध गर्दै सहयोगको लागि गुहार मागिन् ।

उनको सहयोगको याचना सुनेर दुई पुरुष त्यहाँ पुगेका थिए जसले रवीलाई पिटेर भगाई दिएका थिए । रवी भागेपछि गुड्डु र शमु नामका ती पुरुषले नै महिलालाई बलात्कार गरे । अझ तिनले थप तीन साथीलाई बोलाएर महिलालाई पालैपालो बलात्कार गरेका थिए । पछि आउनेहरुको नाम ब्रिजकिशोर, पिताम्बर र उमेश थियो ।

पीडित महिलाले घटना भए लगतै राति साढे नौमा प्रहरीकहाँ पुगेर उजुरी दिएकी थिइन् । त्यसपछि नाजुक अवस्थामा रहेकी महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । ती पाँच पुरुषले हिंड्ने बेला बलत्कृत युवतीलाई निर्घात कुटेकाले उनको अवस्था झन् नाजुक भएको थियो । उपचारपछि पीडित युवतीको अवस्था खतरामुक्त रहेको घटना भएको गौतम बुद्ध नगर जिल्लाका एसएसपी भैरव कृष्णले बताए ।

गौतम बुद्ध नगर जिल्लाका प्रमुख चिकित्सक अधिकारी अनुराग भारगावले पिडित युवती खतरामुक्त भएपनि अझै भयवित रहेकी बताए । ‘डक्टरको एउटा समूहले लगातार उनको निगरानी गरिरहेको छ । हामी उनलाई भयमुक्त बनाउन निरन्तर प्रयास गरिरहेका छौं ,’ भारगवले भने ।

प्रहरीले पीडित युवतीको आरोपछि रवीलाइ पक्राउ गरेको थियो । रवी पक्राउ परेपछि उनको वयानका आधारमा बाँकी पाँचको स्केच बनाइएको थियो । प्रहरीले फरार रहेका बाँकी दुई बारे जानकारी दिनेलाई २५ हजार भारु पुरस्कार दिने घोषणा गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७