यस्तो रह्यो पारसको टी–१० लिग डेब्यू


३० कार्तिक २०७६, शनिबार
parash khadka

काठमाडौं , ३० कार्तिक (एजेन्सी)। नेपालको पूर्वकप्तान पारस खड्काले टी–१० लिगमा डेब्यू गरेका छन् । शुक्रबार उनल कालन्दरविरुद्ध नै उनले डेब्यू गरेका हुन् ।

छैटौं नम्बरमा ब्याटिङ गर्न गएका उनले कोरी एण्डरसनलाई राम्रो साथ दिएका थिए । पारसले नटआउट ३ रन जोडे । उनले ३ बलको मात्र सामना गर्न पाए । पहिलो बलमा २ रन लिएका पारसले त्यसपछि डट खेले । अन्तिम बलमा उनले १ रन लिए ।

खेल टाई भयो । टि १० लिगको नियमअनुसार समूह चरणका खेलमा स्कोर बराबर भएमा अंक बाँड्ने प्रावधान रहेको छ । प्लेअफ चरणका खेलमा मात्र सुपर ओभर रहनेछ । दुवै टोलीले १–१ अंक बाँडेका छन् ।

टस हारेर ब्याटिङ थालेका पारसको टिम अबुधावीले क्वालन्डर्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा १०३ रन जोड्यो । उसका लागि कोरि एन्डर्सनले सबैभन्दा बढी ४३ रन जोडे । कोरी एन्डरसनले २२ बलमा समान ३ चौका र छक्का प्रहार गरे । एन्डरसनलाई क्रिस जोर्डनले अन्तिम ओभरको चौथो बलमा सुल्तान अहमदबाट क्याच आउट गराए ।

ओपनर निरोसन डिकवेलाले ७ बलमा २ चौका र १ छक्का सहित १७ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । डिकवेलालाई दोस्रो ओभरको तेस्रो बलमा लाहिर कुमाराले क्याच आउट गराए । चौथो ओभरको चौथो बलमा कप्तान मोइन अली ७ रनमा क्याच आउट भए ।

छैटौं ओभरको पहिलो बलमा जोर्डन कलार्कले लुक राइटलाई २० रनमा बोल्ड गरे । उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । ८ औं ओभरको अन्तिम बलमा लाहिरु कुमाराले लुइस ग्रेगरीलाई ११ रनमा बोल्ड आउट गरे । ग्रेगरी आउट भएसँग पारस ब्याटिङको लागि मैदान छिरेका थिए ।

कलन्दर्सका लाहिरु कुमाराले २ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन, जोर्डन कलार्क र सीक्कुगे प्रसन्नाले समान १ विकेट लिए ।

जितका लागि १ सय ४ रनको विजयी लक्ष्य पछ्याएको कलन्दर्सले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै १ सय ३ रनाए ।

कलन्दर्सका लागि विकेटकीपर लुक रोन्ची २३ र फिलिप साल्टले २२ रन जोडे । दोस्रो ओभरको अन्तिम बलमा रिचर्ड ग्लीसनले ओपनर टम ब्यान्टनलाई एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । उनले ९ बलमा ३ चौका १६ रनको योगदान दिए ।

कप्तान डेविड मालनले ३३ रनको योगदान दिए । सातौ ओभरको दोस्रो बलमा क्याच आउट गर्नु अघि मालनले १८ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

अबुधावीका रिचर्ड ग्लीसन एक र डी लेन्जले दुई विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७