इमर्जिङ टिम्स कपमा नेपालको हङकङमाथि ४० रनको जित


३० कार्तिक २०७६, शनिबार
nepal cricekter

काठमाडौं, ३० कार्तिक (एजेन्सी) । बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पहिलो जित दर्ता गरेको छ । बंगलादेशको बीकेएसपीस्थित मैदानमा भएको दोस्रो खेलमा नेपालले हङकङमाथि ४० रनको सहज जित दर्ता गरेको हो ।

नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याउने क्रममा ४६ औं ओभरमा १ सय ७७ रनमा समेटियो । नेपालका तीव्र गतिका बलरद्वय करण केसी र अभिनाष बोहोराले उत्कृष्ट बलिङ गरेपछि सुरुवाती पावरप्लेमै ४ विकेट लिएको थियो ।

हङकङका ओपनर क्यामरन लालचनलाई दोस्रो ओभरको अन्तिम बलमा करण केसीले विकेटकिपर विनोद भण्डारीबाट ४ रनमा क्याच आउट गराए । करणले नै पाँचौ ओभरको पाँचौ बलमा अशान अलीलाई १० रनमा कट बिहाईन्ड गराए ।

अभिनासले आठौं ओभरको पहिलो बलमा निजाकट खान मोहम्मददाई ९ रन र १०औँ ओभरको अन्तिम बलमा शाहिद वासिफलाई १० रनमा विकेटकिपर विनोदबाट क्याच आउट गराए । १२ औं ओभरको अन्तिम बलमा अभिनासले एजाज खानलाई शून्यमा कट बिहाइन्ड गराए ।

एक समय ४७–५ को कमजोर स्थितिमा पुगेको हङकङलाई किन्चित शाह र हारुन अर्षदको ६२ रनको साझेदारीले गर्दे केही उकासेका थिए । अर्षद ५१ बलमा १ चौकासहित २६ रन जोड्दै करणको बलमा सर्ट मिड अनमा समातिए । त्यसको केहिबेरमा नै किन्चित पनि विनोदकै हातबाट समातिए । उनलाई सुशन भारिले ५३ रनमा खेल्दा आउट गराए । किन्चितले ८० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

अफताब हुसेन १ रन जोड्दै सुशनको बलमा आरिफद्वारा पहिलो स्लिपमा समातिए । लगत्तै नसरुल्ला राना १० रनको अवस्थामा रनआउट भए । एहसान नवाजले नटआउट ४४ रनको योगदान दिँदा रौनक कपुर ९रन जोड्दै रनआउट भए । एहसान र रौनकले अन्तिम विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि करण केसी र अभिनाष बोहोराले तीन–तीन तथा सुशन भारिले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २ सय १७ रन जोडेको बनाएको थियो । ओपनिङ धर्मराएको नेपालको लागि मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर उत्कृष्ट ब्याटिङमा गरेका थिए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले ८९ रनको योगदान दिए । अन्तिम ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा मिडअन क्षेत्रमा क्याच आउट हुनुअघि उनले १ सय ३९ बलको सामना गर्दै ९ चौका प्रहार गरे । शरदले आफ्नो इनिङका दौरान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँग दुई महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

तेस्रो ओभरमा ३–२ को दयनीय अवस्थामा रहेको नेपाललाई शरद र दीपेन्द्रसिंह ऐरीको तेस्रो विकेटको साझेदारीले उकासेको थियो । कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा र दोस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल बोल्ड आउट भएको थिए ।Nepal Team 1200x630

त्यसपछि दीपेन्द्र र शरदले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरेका थिए । तेस्रो विकेटका लागि दीपेन्द्र र शरदले ८३ रनको साझेदारी गरे । दिपेन्द्रले ६७ बलमा ३ चौका प्रहार गर्दै ३७ रन जोडे । उनी २३ औं ओभरको पाँचौ बलमा अफताब होसेनको बलमा स्टम्पिङ आउट भए ।

आरिफ र शरदले चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्कोरतर्फ लम्काएका थिए । आरिफले ४८ बलमा ४२ रन जोडेका थिए । उनले यसक्रममा ३ चौका र ३ छक्का प्रहार गरे ।

आरिफको विकेट पतनपछि पवन सर्राफ ३ बलमा खाता नखोल्दै पेभेलियन फर्किए । उनले रौनक कपुरको बलमा रिटर्न क्याच दिए । विनोद भण्डारी पनि ठूलो सट खेल्ने धुनमा सर्ट मिड विकेटमा क्याचआउट भए । उनले १३ बलमा एक चौकासहित १५ रनको योगदान दिए ।

यस्तै करण केसी १२ बलमा ७ रन जोड्दै क्याचआउट भए । सुशन भारीले ६ र ललित राजवंशीले १ रन जोड्दा अभिनाष बोहोरा २ रनमा नटआउट रहे ।

हङकङका लागि एजाज खानले ३ विकेट लिए भने नसरुल्ला खान र एहसान खानले दुई–दुई विकेट बाँडे । अफताब हुसेन र रौनक कपुरको नाममा एक–एक विकेट रहयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७