चीनले हङकङमा खटायो जनमुक्ति सेना


३० कार्तिक २०७६, शनिबार
1563950989pla

हङकङ, ३० कार्तिक । हङकङमा चीनले आफ्ना जनमुक्ति सेना तैनाथ गरेको छ । ६ महिनादेखि जारी प्रदर्शनलाई नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना हङकङमा परिचालन भएको एससीएमपीले जनाएको छ ।

शनिबार मात्रै चिनियाँ सेनाले शनिबार काउलुन क्षेत्रमा रहेका सडकका अवरोधहरु हटाएका थिए । हङकङ प्रदर्शनलाई नियन्त्रण लिन सेनाहरु खटाइएको अनुमान गरिएको पनि जनमुक्ति सेनाका अधिकारीहरुले हङकङ आन्दोलनसँग आफनो सम्बन्ध नभएको बताएको छ । जनमुक्ति सेनाले भने आफू शान्ति कायम गराउन यहाँ आएको प्रतिक्रिया दिएको छ ।

हङकङमा गतवर्ष म्यांकुट आँधीले ठूलो विनाश गरेको बेला पनि हङकङमा चिनियाँ जनमुक्ति सेना उद्धारका लागि खटिएका थिए । अहिले भने चीनले यसरी तैनाथ गरेको कार्य हङकङको कानून सम्मत मानिदैन । त्यस समयको अक्टोबर महिनामा ४ सय चिनियाँ जनमुक्ति सेनाले हङकङमा उद्धारकर्ताको भूमिका निर्वाह गरेका थिए ।

हङकङको प्रदर्शनबारे चिनियाँ सेनाले पटक पटक टिप्पणी गर्दैआएको थियो । हङकङ प्रदर्शनलाई चीनले ‘हिंसात्मक घटना’, ‘अराजक भीड’ तथा ‘प्रायोजित भीड’ जस्ता टिप्पणी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७