एमालेसँग पार्टी एकीकरण गर्ने माओवादी केन्द्रको निर्णय


१६ आश्विन २०७४, सोमबार
Prachanda

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकीकरण वा चुनावी तालमेलमा जाने निर्णय गरेको छ । बैठकले एमालेसँग चुनावी तालमेल र पार्टी एकताको अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

Prachanda

कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज झण्डै ६ घण्टा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा ‘बादल’सँग आवश्यक परामर्शपछि एकता र तालमेलबारे अध्यक्ष प्रचण्डले अन्तिम निर्णय लिने पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतम सम्मिलित एकता संयोजन समिति बनाएको छ

आसन्न संघ र प्रदेशसभा निर्वाचन अघिनै दुई बाम घटकबीच एकता गर्ने गरी तयारी अघि बढाउने निर्णय भएको सो पार्टीका प्रवक्ता भुषालले बताइन् । मुलुकको आवश्यकता र बृहत्त बाममोर्चाको अवधारणालाई सार्थक तुल्याउन मुख्य २ बाम घटकबीच एकता गर्ने निर्णयमा माओवादी केन्द्र पुगेको हो । आजको बैठकमा बोल्ने अधिकांश सदस्यले मुलुकको राजनैतिक गतिरोध अन्त्यका लागी कम्युनिष्ट शक्तिहरुको एकतामा जोड दिदै अगुवाईका लागी पार्टी नेतृत्वले अग्रसरता लिनुपर्ने धारणा राखेका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७