कास्की–२ मा साना दल पनि चुनावी अभियानमा उतिकै सक्रिय

साझाकी केसी भन्छिन्, ‘जनताले वैकल्पिक शक्ति खोजेका छन्’


१ मंसिर २०७६, आईतवार
bidhya rajani 20191107120504

चिप्लेढुङ्गा, १ मंसिर । मंसिर १४ गते हुने कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान निकै सक्रिय बनिरहेको छ ।

पछिल्लो समय राजनीतिमा सक्रियता देखाउँदै आएको साझा पार्टीले पनि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो गरेर भोट मागिरहेको छ । साझाले शनिबार पोखरा महानगरपालिका वडा नं २० भलाममा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

घरदैलोमा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको उम्मेदवार रजनी केसीले बताइन् । तराजु चुनाव चिह्न लिएर मतदाता माझ पुगेकी उम्मेदवार केसीले परम्परागत दलबाट परिवर्तन सम्भव नभएको भन्दै वैकल्पिक शक्तिको रुपमा उदाएको साझालाई जनताले मन पराएको दाबी गरिन् ।

सबैभन्दा पहिला उम्मेदवारको टुङ्गो लगाएको साझा पार्टीले आफ्नो निर्वाचन क्षेत्रको धेरै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ ।

स्थानीयवासीका समस्यालाई नजिकबाट बुझेर सामाजिक रुपान्तरणमा पहल गर्ने साझा पार्टीले आफ्नो अभियानलाई तीव्रता दिएको संयोजक अर्जुनप्रसाद खनालले बताए । यसैबीच साझाले शनिबार नै भलाममा चुनावी सम्पर्क कार्यालय समेत स्थापना गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७