भारतीय दूताबास अगाडि नेविसंघको प्रदर्शन, प्रहरीले गर्‍यो हस्तक्षेप

‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखेको व्यानर उडाइयो


१ मंसिर २०७६, आईतवार
nebi

काठमाडौं, १ मंसिर । नेपाली भूमि अतिक्रमणको विरोधमा नेपाल विद्यार्थी संघले लैनचौरस्थित भारतीय दूतावास अगाडि गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कालो ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शनमा उत्रिएकाहरु नेविसंघ कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको छ ।

बेलुन राखेर उडाइएको कालो ब्यानरमा लिम्पियाधुरासहितको नेपाली नक्सा बनाइएको छ र अंग्रेजीमा ‘मोदी हेर, यो हो नेपालको नक्सा’ लेखिएको छ ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा लिपुलेक, कालापानीलगायतका नेपाली भूमिलाई आफ्नो क्षेत्रमा पारेपछि देशभर विरोध प्रदर्शन भइरहेको छ । काठमाडौं उपत्यकामा दिनहुँजसो भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ ।

नेपाली भूमिलाई आफ्नो दावी गर्दै भारतले नक्सा जारी गरेपछि नेपालका सबैजसो राजनीतिक दलहरुले आपति जनाएका छन् । सरकारले पनि भारतले जारी गरेको नक्सामा नेपाली भूमि पारिएको भन्दै कुटनीतिक तहबाट सीमा समस्या समाधान गरिने स्पष्ट पारिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७