एमालेले सातै प्रदेशकाे समानुपातिक प्रदेश सांसद छान्याे (सुचीसहित)


१३ पुष २०७४, बिहीबार
uml

काठमाडौं  : नेकपा (एमाले)ले सात वटै प्रदेशमा समानुपातिक सदस्य छनोट गरेको छ ।  एमालेको बिहिबार बसेको स्थायी समितकिो बैठकले सातै प्रदेशको प्रदेश सांसद छानेको हो । uml

एमालेले  प्रदेश सभामा पाएको ७५ सिटमा अधिकांश महिला पठाएको छ । कुल सिटको ३३ प्रतिशत महिला हुनु पर्ने संवैधानिक व्यवस्था भएपनि एमालले प्रदेश २, ४ र ६ बाट केही पुरूष पठाएको हो ।   प्रदेश नम्बर १ मा एमालेले १५, कांग्रेस १३ र माओवादीले ५ सिट ल्याएका छन्। यस्तै संघीय समाजवादी फोरमले ३, राप्रपाले १ र सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट प्राप्त गरेका छन्।
प्रदेश नम्बर २ मा नेपाली कांग्रेसले ११ सिट, राजपाले १०, सघीय समाजवादी फोरमले ९, एमालेले ७ र माओवादीले ५ सिट पाएका छन् भने नेपाल सघीय समाजवादी पार्टीले १ सिट प्राप्त गरेका छन्। प्रदेश नम्बर ३ मा एमालेले १६ सिट पाएको छ भने कांग्रेसले १४ र माओवादीले ८ सिट प्राप्त गरेका छन्। विवेकशील साझा पार्टीले ३ सिट र नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले एक एक सिट प्राप्त गरेका छन्।
यस्तै प्रदेश नम्बर ४ मा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक एक सिट पाएका छन्। प्रदेश नम्बर ५ मा एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, सघीय समाजवादी फोरमले २, राजपाले १ र राजमोले १ सिट पाएका छन्। भने  प्रदेश ६ मा एमालेले ६, कांग्रेसको ५, माओवादीको ४ सिट छ भने राप्रपाको १ सिट छ। प्रदेश नम्बर ७ मा एमालेको ८, कांग्रेसको ८ र माओवादीको ४ सिट र राजपाको एक सिट छ।
pradesh samsad

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७