पूर्व राष्ट्रपति महेन्द्र राजपाक्षेका भाइ बने श्रीलंकाको नयाँ राष्ट्रपति


१ मंसिर २०७६, आईतवार
gotabaya

श्रीलङ्का, १ मंसिर । श्रीलंकाका नयाँ राष्ट्रपति गोतबाया राजपाक्षे चुनिएका छन् । इष्टर आक्रमणको सात महिनापछि शनिबार भएको राष्ट्रपतिको चुनावमा उनले ५४ प्रतिशत बढी मत पाएर राष्ट्रपतिमा चुनिएका हुन् ।

राजापाक्षेले सत्तारूढ दल युनाइटेड नेशनल पार्टीका उम्मेदवार सजिथ प्रेमदासालाई पराजित गरेका छन् । सजिथले हार स्वीकार गर्दै राजपाक्षेलाई बधाई दिएका छन् । गोतबाया पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन् । राजापाक्षेको सरकारमा गोतबाया रक्षा सचिव थिए ।

सात महिनाअघि भएको २५९ जनाको ज्यान जाने गरी भएको इष्टर आक्रमणपछि श्रीलंकामा १५ वर्षयताकै आर्थिक मन्दी भएको छ । यही बीचमा भएको चुनावमा मतदाताले विपक्षी दलका ७० वर्षीय उम्मेदवार राजापाक्षेलाई चुनेका हुन् ।

गोतबायाका दाजु महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका थिए । उनले तमिल विद्रोही समूह लिट्टेलाई छिन्नभिन्न बनाएका थिए । सिंहाली बाहुल्य रहेको क्षेत्रमा उनले ६० प्रतिशतभन्दा बढी मत पाएको जनाइएको छ । राजापाक्षेले सोमबारसम्म सपथ लिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७