छिमेकीले कालापानीबाट सेना फिर्ता लैजाउन्, हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं : प्रधानमन्त्री

‘एक इन्च नेपाली भूमि पनि मिचिन दिन्नौँ’


१ मंसिर २०७६, आईतवार
kp oli Prime Minister of Nepal. He is the Chairman of the Nepal Communist Party 1


काठमाडौं, १ मंसिर :  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सेनाको कब्जामा रहेको नेपाली भूमि फिर्ता लिने बताएका छन् । प्रधानमन्त्री ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह समेत गरे ।

आइतबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालको कार्याक्रममा बोल्दै नेपालका भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराबाट सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गरे । ‘हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाउन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं । कतिपयले नक्सा सच्याउनुपर्छ भनेका छन् । नक्सा सच्याउने मात्र होइन सरकारले हाम्रो भूमि फिर्ता ल्याउँछ ।’

प्रधानमन्त्री ओलीले सरकार भारतसँग सम्वाद गर्न सक्ने हैसियतमा रहेको भन्दै संवादबाट समस्या हल गर्न सकिने बताए । उनले भने, ‘छिमेकीसँग किनचित तनाव नहोस् भन्ने हामी चाहन्छौं । अहिलेको सरकार संवाद गर्न नसक्ने अवस्थामा छैन । राष्ट्रिय हितका पक्षमा अड्न र लड्न सक्छ।’

प्रधानमन्त्री ओलीले कालापानीमा अहिले भारतले फौज नराखेको र सीमा पनि पहिल्यै मिचेको बताए । उनले भने, ‘सरकारका विरुद्ध केही प्रश्न उठेका छन् । यसमा केही सकारात्मक कुरा पनि उठेका छन् । कालापानीमा अहिले भारतले फौज राखेको होइन, सीमा पनि अहिले मिचेको होइन । तर कतिले अहिले नै मिचेको जस्तो गरेर रउचालेका छन् । तर सजगता र प्रतिवद्धता अनि राष्ट्रिय एकता देखियो खुसी र सकारात्मक कुरा हो ।’

उनले राष्ट्रियता र स्वाधीनताको पक्षमा देखाएको एकताप्रति धन्यवाद पनि दिए । उनले मेडिकल कलेजसम्बन्धी आएका समाचारहरु भ्रामक भएको भन्दै सरकारले कुनैपनि मेडिकल कलेजलाई नियमकानुनभित्र राख्न चाहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७