नेपाल बैंकले निकाल्यो २ अर्ब ५० करोडको ऋणपत्र


१ मंसिर २०७६, आईतवार
dibenchar

काठमाडौं, १ मंसिर । नेपाल बैंक लिमिटेडले २ अर्ब ५० करोड बराबरको डिबेन्चर वार्षिक १०५ व्याजसहित सात वर्षको लागि निष्काशन गरेको छ ।

बैंकले डिबेन्चर निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

बैंकको ‘१०५ एनबिएल डिबेन्चर २०८३’ २ अर्ब ५० करोड बराबरको डिबेन्चर १०५ व्याजसहित सात वर्षको लागि निष्काशन गर्न लागेको हो । कूल २५ लाख कित्ता डिबेन्चर मध्ये १५ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र १० लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन गरिने बैंकले जनाएको छ ।

उक्त कार्यको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीचमा डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७