एकताको १८ महिनापछि पोलिटव्यूरो गठन गर्दै नेकपा, १४७ सदस्यीय पोलिटव्यूरोमा को–को ?


१ मंसिर २०७६, आईतवार
nekapa sachibalaya

काठमाडौं, १ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताको १८ महिनापछि पोलिटब्यूरो गठन गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे डाकिएको सचिवालय बैठकले पोलिटब्युरो गठन गर्न लागेको स्रोतले जानकारी दिएको छ । पार्टी एकता भएको १८ महिना पूरा भइसक्दा पनि नेकपाका सबै कमिटीहरु पूर्ण बन्न सकिरहेका छैनन् ।

नेकपाको पार्टी विधानमा नै कुल केन्द्रीय सदस्य संख्याको एक तिहाइ सदस्य रहने गरी पोलिटब्यूरो सदस्य हुने व्यवस्था छ । तर अहिलेसम्म नेकपाले पोलिटब्यूरो गठन गर्न सकेको छैन । आजको बैठकमा पोलिटब्यूरो गठन हुने सचिवालय सदस्य माधवकुमार नेपालले जानकारी दिएका छन् ।

नेता नेपालले भने ‘आज बस्ने सचिवालय बैठकमा पोलिटब्यूरो बनाउने, सबै निकायहरूलाई पूर्णता दिने, प्रवासमा भएका र विदेशमा भएका संगठनको एकताको काम पूरा गर्नेगरी छलफल हुनेछ ।’
विधान अनुसार नेकपाको पोलिटब्यूरो कुल केन्द्रीय सदस्यको एकतिहाई १४७ जना पोलिटब्यूरो सदस्य हुने छन् ।

वरिष्ठ नेताहरूमध्येबाट पोलिटब्यूरो बनाउने स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । पछिल्लो समयमा नेतृत्वहरू एकल र सामुहिक रूपमा पार्टी र सरकार संचालनको विषयमा छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७