अब बाइकको ‘लुकिङ ग्लास’ दुरुस्त नभएका कार्वाही


१ मंसिर २०७६, आईतवार
bike
सांकेतिक तस्वीर

काठमाडौं, १ मंसिर । मोटरसाइकल चलाउँदा लुकिङ ग्लासको महत्व निकै हुन्छ । तर, पछिल्लो समय विशेष गरी युवापुस्तामा बाइकडको लुकिङ ग्लास तन्दुरुस्त अवस्थामा राख्ने भन्दा पनि वेवास्ता गर्ने क्रम बढेको छ । पछाडिको दृष्य सहज रुपमा देख्न सकिने लुकिङ ग्लासको महत्व नबुझ्दा कहिलेकाँही दुर्घटनासम्म हुने गरेका छन् ।

तर, अब बाइकको लुकिङ ग्लास तन्दुरुस्त अवस्थामा नराख्ने चालकलाई ट्राफिक प्रहरीले कार्वाही गर्ने नीति लिएको छ ।

सोही नीति अनुसार ट्राफिक प्रहरीले बाइकको लुकिङ ग्लास निगरानी थालेको छ ।
विशेष गरी युवा वर्गले आफ्नो बाइकमा लुकिङ्ग ग्लास नराख्ने, राखेमा पनि सानो राख्ने, फोल्ड गर्ने प्रवृत्ति बढेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले निगरानी तथा कावाही प्रक्रिया थालेको हो ।

महाशाखाले आइतबार सूचना जारी गर्दै हाल सञ्चालन भइरहेका विभिन्न किसिमका मोटरसाइकलमा आफूखुशी लुकिङ्ग ग्लास हटाएको तथा स्वरुप परिवर्तन गरेका कारण चालकहरुले पछाडिका सवारी साधनको अवस्थाबारे जानकारी नहुँदा मोटरसाइकल दुर्घटना बढ्दै गइरहेको देखिएको जनाएको छ ।

जसबाट हुने सवारी दुर्घटनालाई न्यूनिकरण गर्न ट्राफिक प्रहरी महाशाखाले कात्तिक ३० गतेदेखि लुकिङ्ग ग्लास फोल्ड गर्ने, नराख्ने तथा लुकिङ्ग ग्लासबाट दायाँबायाँ नदेखिने गरी राख्ने मोटरसाइकल चालक उपर कारवाही अभियान संचालन भएको महाशाखाले जनाएको छ । अभियान शुरु भएको पहिलो दिन शनिबार विभिन्न प्रकारका ३४५ मोटरसाइकललाई कार्वाही गरिएको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७