विवाह समारोहमा जाँदै गरेको कार दुर्घटना, एकै परिवारका पाँच जनाको मृत्यु


१ मंसिर २०७६, आईतवार
bus and car accident दुर्घटना 3

काठमाडौं, १ मंसिर । भारतको मध्यप्रदेश राज्यको बर्वानी जिल्लामा आइतबार भएको एक सडक दुर्घटनामा परी एकै परिवारका पाँच व्यक्तिको मृत्यु भएको छ । एक कार अर्को सवारी साधनसँग ठोक्किँदा भएको यस दुर्घटनामा अन्य एक व्यक्ति घाइते भएको जनाइएको छ ।

एक विवाह समारोहमा सहभागी हुनको लागि गईरहेको सो कार दुर्घटना हुदाँ एकै परिवारका पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य एक घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन् । एएनआइ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७