श्रीमती र तीन छोराछोरीलाई गोली हानी हत्या गरेर आफै पनि आत्महत्या


१ मंसिर २०७६, आईतवार
hatya

वासिंङटन, १ मंसिर । एक पुरुषले तीन छोराछोरी र श्रीमतीको गोली हानी हत्या गरेका छन् । अमेरिकाको सान डिएगोस्थित प्याराडाइज हिल्समा उनले परिवारलाई गोली हानी हत्या गरेपछि उनी आफैंले आफैमाथि गोली हानेका थिए ।

शनिबार बिहान उनले आफ्ना चार बच्चालाई गोली हानेको थिए । गोली लागेका एक बच्चा भने बाँचेका छन् । शनिबार बिहान पौने ७ बजे ९११ मा फोन आएको थियो फोन कर्ताले केही नबोलेपछि प्रहरी लोकेशन ट्रयाक गर्दै घटनास्थलमा पुगेको थियो ।

घरमा पुग्दा भित्र मानिस चिच्याएको र गोली चलेको आवाज सुनिएको प्रहरीले जनाएको छ । प्रहरी घर भित्र छिर्दा रगतले भुइँमा रगत लतपतिएको थियो ।

‘पारिवारिक झगडा भइरहेको थियो, पछि बुबाले आफ्ना बालबालिका र श्रीमतीलाई गोली हानी आत्महत्या गरेको देखिन्छ,’ एक प्रहरी अधिकारीले भने । ३ वर्षीय बालक र २९ वर्षीय आमा र ३१ वर्षीय बुबा घटनास्थलमै मृत्यु भएको हो । ५ , ९ र ११ वर्षका छोराहरूलाई प्रहरीले अस्पताल पुर्‍याएको थियो तर तीमध्ये एक जनाले मात्र ज्यान जोगाएको लसएन्जलस टाइम्सले जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७