अाजकाे राशिफल, वि.सं. २०७४ साल पुस १४ गते।


प्रकाशित मिति : December 29, 2017

वि.सं. २०७४ साल पुस १४ गते। शुक्रबार। इश्वी सन् २०१७ डिसेम्बर २९ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– एकादशी, १७:३१ बजेउप्रान्त द्वादशी। नक्षत्र– भरणी, १९:२७ बजेउप्रान्त कृत्तिका। योग– सिद्ध, १८:५९ बजेउप्रान्त साध्य। करण– भद्रा, १७:३१ बजेदेखि वव, २८:३६ बजेउप्रान्त वालव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मेष, २५:१० बजेउप्रान्त वृष। काठमाडौंमा सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:१६ बजे र दिनमान २५ घडी ५२ पला। पुत्रदा एकादशी व्रत। मन्वादि।

]मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मुल्याङन हुनेछ । विपरित वर्ग बाट विशेष सहयोग मिल्नेछ । घर,जग्गाको करोबार सफल रहला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म तथा परोपकारमा मन लाग्नेछ । प्रेमीको सहयोग पाईनेछ । पार्टी तथा पिकनिकमा सहभागी भईएला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । शिक्षामा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेममा मनमुटाव आउनेछ । आफ्नो अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । सम्पत्तीको क्षय हुनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) पारिवार संग रमाइलो भेटघाट हुनेछ । राज्य बाट मान सम्मान पाइनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक सङ्कट छाउला । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा प्रगति होला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला र गलाको प्रभाव बढ्नेछ । अदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । धन प्राप्त हुने योगछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आकस्मिक धनलाभ हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) झुटा आरोप लाग्न सक्नेछ । मनमा निरासा र शरीरमा आलस्य आउला । कुविचारमा मन जानेछ ।

प्रतिक्रिया दिनुहोस्