‘हेप्ने’ गरेको भन्दै रक्सी खाँदाखाँदै छुरा हानी साथीको हत्या


१ मंसिर २०७६, आईतवार
hatya

काठमाडौं, १ मंसिर । काठमाडौंको बसन्तपुरमा एक व्यक्तिले आफ्नै साथीको छुरा प्रहार गरी हत्या गरेका छन् । काठमाडौं–१९ बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो ।

महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं–१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार मादक पदार्थ सेवन गरी भएको विवादका क्रममा छुरा प्रहार भएको देखिएको छ । प्रहरीका अनुसार छुरा प्रहार गरेपछि खड्गीले आफैंले चित्रकारलाई ट्रमा सेन्टरसम्म उपचारका लागि लगेका थिए ।

तर, चिकित्सकले केहीवेरमै मृत घोषणा गरे । प्रहरीले घटनास्थल छेउबाट अपराधमा प्रयोग भएको हतियार पनि बरामद गरेको छ भने छुरा प्रहार गर्नुको कारणबारे अध्ययन गरिरहेको छ । प्रहरीसँग दिएको प्रारम्भिक बयानमा भने खड्गीले आफूलाई सधैं हेप्ने गरेकाले रिसको झोंकमा छुरा प्रहार गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७