तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा ‘बैंकिङ, बीमा र पूँजी बजार’ प्रर्दशनी


१ मंसिर २०७६, आईतवार
Bank expo scaled

काठमाडौँ ,१ मंसिर। काठमाडौंको भृकुटीमण्डपमा ‘बैकिङ, बीमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ।

काठमाडौंको भृकुटीमण्डलमा आइतबारबाट २ दिने ‘बैंकिङ एक्स्पो’ प्रदर्शनी सुरु भएको हो । प्रर्दशनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले सो प्रदर्शनीबाट लाभ लिन सबै उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।

 

garima bank
machhha
kamana sewa bikash bank

कार्यक्रममा नेपाल राष्ट्र बैकका गभर्नर  नेपालले बैंकको उपयोग गर्न नजानेर नेपालीहरु विदेशीनु परेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको को उद्घाटन गर्दै उनले सबै स्थानीय तहमा बैंक पुग्न लागिसक्दा पनि त्यसको उभोग गर्न नजान्दा नेपाली युवाहरु खाडी मुलुक जाने गरेको बताए ।

बैंक तथा वित्तीय संस्थाका सबै जानकारीहरु एकैथलोमा पाउने भएकाले यसबाट उद्योगी व्यवसायीहरुले ठूलो लाभ लिन सक्ने उनको भनाइ छ । गभर्नर नेपालले आर्थिक गतिविधि अघि बढाउन आयोजना गरिएको त्यस्ता प्रदर्शनीहरुमा कम सहभागिता भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुप्रति पनि असन्तुष्टि व्यक्त गरे ।


प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिएका छन् । गभर्नर नेपालले सो प्रदर्शनीको सदुपयोग गरेर पूँजी बजार र विमाबारे आवश्यक जानकारी लिन पनि सबै पक्षलाई सचेत गराए ।

sunrise

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७