मन्त्रिपरिषद् पुनगर्ठन हुने निश्चित, सचिवालयद्धारा प्रधानमन्त्रीलाई अधिकार


१ मंसिर २०७६, आईतवार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

काठमाडौं, १ मंसिर  : लामो समयदेखि चर्चामा आएको मन्त्रिपरिषद् पुनगर्ठन हुने निश्चित भएको छ । मन्त्रीपरिषद् पुनगर्ठनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिकार दिएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनका लागि सैद्धान्तिक सहमति भएको हो ।

बैठकले प्रवास समन्वय कमिटीको टुंगो लगाएको छ । आइतबार बसेको सचिवालयको बैठकले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

बैठकले इञ्चार्जको जिम्मा विन्दा पाण्डेलाई दिएको छ भने सहइञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साहलाई चयन गरेको छ ।

यो पनि पढ्नुहोस्
नेकपा बैठक : प्रचण्डलाई कार्यकारी अध्यक्ष, पोखरेललाई कार्यवाहक प्रधानमन्त्री बनाउने तयारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७