मन्त्रिपरिषद् पुनगर्ठन हुने निश्चित, सचिवालयद्धारा प्रधानमन्त्रीलाई अधिकार

प्रवास समन्वय कमिटीको इञ्चार्जमा पाण्डे, अध्यक्षमा चौलागाईं


१ मंसिर २०७६, आईतवार
Kp Oli pm of nepal Puspa kamal dahal prachand nad madhav kumar nepal

काठमाडौं, १ मंसिर  : लामो समयदेखि चर्चामा आएको मन्त्रिपरिषद् पुनगर्ठन हुने निश्चित भएको छ । मन्त्रीपरिषद् पुनगर्ठनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अधिकार दिएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनगर्ठनका लागि सैद्धान्तिक सहमति भएको हो । बैठकमा ओलीले मन्त्रिमण्डल पुनर्गठनको सोच बनाएको जानकारी दिएका थिए।

मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल भए पनि कुनकुन मन्त्री हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने विषय टुंगो लागि सकेको छैन। स्रोतका अनुसार हटाउने मन्त्रीको नाम र नयाँ मन्त्रीको नाम सोमबार बिहानसम्ममा टुंगो लाग्नेछ। सोमबार नै मन्त्रीपरिषद् पुनर्गठन सम्भवना रहेको एक नेताले बताए ।

बैठकमा सबै नेताहरुले मन्त्रिमण्डल पुनर्गठन गर्दा भूगोल, पार्टीमा गरेको योगदान, समावेशीतालाई ख्याल राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।

प्रवास समन्वय कमिटीको इञ्चार्जमा पाण्डे, अध्यक्षमा चौलागाईं

बैठकले प्रवास समन्वय कमिटीको टुंगो लगाएको छ । बैठकले इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको हो । बैठकले इञ्चार्जको जिम्मा विन्दा पाण्डेलाई दिएको छ भने सहइञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साहलाई चयन गरेको छ

प्रवास इन्चार्ज विन्दा पाण्डे यसअघि पनि एमालेमा सोही जिम्मेवारीमा थिइन् । सहइन्चार्ज लक्ष्मण पन्त पूर्वमाओवादीका हुन् । अध्यक्ष चौलागाई यसअघि तत्कालीन माओवादीको विदेश विभागका सचिव थिए । सचिव श्रीप्रसाद साह तत्कालीन एमालेका मध्यपूर्व इन्चार्ज थिए । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७