इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनल विजयी


१४ पुष २०७४, शुक्रबार

एजेन्सी: इग्लिस प्रिमियर लिग फुटवलमा आर्सनलले क्रिष्टल प्यालेसलाई ३÷२ ले हराएको छ ।

गएको राति भएको खेलमा आर्सनललाई जिताउन एलेक्स साञ्चेजले दुई तथा मुस्ताफीले एक गोल गरे । क्रिष्टल प्यालेसका लागि टोन्सेण्ड र टोमकिन्सले एक एक गोल गरे पनि टीमलाई जिताउन भने सकेनन् ।

मुस्ताफीको गोलमा २५ औँ मिनेटमा आर्सनलले अग्रता लिएको खेलमा टनसेण्डले ४९ औँ मिनेटमा बराबरी गोल गरेका थिए । तर साञ्चेजले ६२ औँ र ६६ औँ मिनेटमा २ गोल गर्दै आर्सनललाई ३–१ को अग्रता दिलाए ।

खेलको ८९ औँ मिनेटमा क्रिष्टल प्यालेसका टोमकिन्सले १ गोल त थपे तर त्यसले क्रिष्टलको खातामा ३ अंक जोड्न भने सकेन । जीतपछि २० खेलबाट ३७ अंक बनाएको आर्सनल अंक तालिकाको छैटौं स्थानमा छ । २० खेलबाट १८ अंक जोडेको क्रिष्टल प्यालेस १६ आंै स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७