पोर्चुगल युरो कपमा छानियो, रोनाल्डोको ९९ औं अन्तर्राष्ट्रिय गोल पूरा


२ मंसिर २०७६, सोमबार
Portugal s Cristiano Rona EzEm1EBY80

काठमाडौं, २ मंसिर । डिफेन्डिङ च्याम्पियन पोर्चुगल युरो कप २०२० मा छनोट हुन सफल भएको छ । छनोट चरणको अन्तिम खेलमा लग्जम्बर्गलाई हराउँदै पोर्चुगलले अर्को वर्ष हुने प्रतियोगितामा स्थान सुरक्षित गरेको हो ।

लग्जम्बर्गलाई २–० ले हराउँदै पोर्चुगल समूह बीबाट उपविजेताका रुपमा अघिल्लो चरणमा पुगेको हो । लग्जम्बर्ग्विरुद्धको खेलमा क्रिष्टियानो रोनाल्डोले ९९औं अन्तर्रा्ष्ट्रिय गोल पूरा गरेका छन् ।

अघिल्लो खेलमा लिथ्वानियालाई ६–० ले हराउँदा ह्याट्रिक गरेका रोनाल्डोले लग्जम्बर्गलाई एक गोल थपेर गोलको सेन्चुरी नजिक पुगेका हुन् ।

खेल सकिन चार मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरेका थिए । त्यसअघि खेलको ३९ औं मिनेटमा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए । यो समूहबाट युक्रेन समूह विजेता बन्दै युरोमा छनोट भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७