आलमको धम्की : प्रहरीलाई हत्केडी लगाउँछु, मान्छे मार्छु


२ मंसिर २०७६, सोमबार
UtamkumarUpadhya Rautahat RSS mo aftal alam purba mantri

काठमाडौं, २ मंसिर । जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद् मोहम्मद आफताब आलमले प्रहरीकै सामुन्ने मान्छे मार्ने धम्की दिएका छन् । यति मात्रै होइन, उनले प्रहरीलाई नै हत्कडी लगाई दिने र हजारौं मानिस उपस्थित गराएर जिल्ला अशान्त बनाउने समेत धम्की दिएका छन् ।

असोज २६ मा पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा लैजाने क्रममा उनले प्रहरीसँग भनाभन गर्दै धम्की दिएका हुन् ।

डीएसपी नवीन कार्कीको नेतृत्वमा खटिएको टोलीले राजपुरको इद्रिस गेट नजिकैबाट उनलाई पक्राउ गरेको थियो । त्यतिबेला डीएसपी साब जरुरी काम छ । अहिले म वारात (जन्ती) जान्छु ।

यस विषयमा पछि कुरा गरौंला भन्दै उनी उम्किन खोजेका थिए । त्यसपछि आफूलाई पक्राउ गरेर ठूलो गल्ती गरेको भन्दै डीएसपी कार्की र रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीलाई आफू छुटेपछि हत्कडी लगाई दिने धम्की उनले दिएका हुन् । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७