वृद्ध भत्ता थाप्ने वसुधराको चाहना अधुरै


१४ पुष २०७४, शुक्रबार
bashudhara

मोरङ: मोरङको सुन्दरहरैँचा नगरपालिका–५ डिपुस्थित मुसहर बस्तीकी वृद्धा वसुधरा ऋषिदेवको वृद्ध भत्ता थाप्ने चाहना पूरा हुन सकेको छैन ।वृद्ध भत्ताबाट न्यानो कपडा र औषधि किन्ने चाहना पूरा हुन नसकेको सार्वजनिक भएपछि स्थानीय अन्तरपार्टी महिला सञ्जालले नागरिकता बनाउन पहल गरे पनि सिफारिस हुन नसक्दा वसुधराको भत्ता थाप्ने चाहना अधुरै रहेको हो ।bashudhara

दलित समुदायकी वृद्धा वसुधराको दयनीय अवस्था सार्वजनिक भएपछि केही संस्थाले वसुधरालाई न्याना लुगा दिएका छन ।वृद्ध भत्ता थाप्ने चाहना पूरा गरिदिन नागरिकताको पहल गर्दा माइती पक्षको नागरिकता वंशजको नहुँदा वडा कार्यालयले सिफारिस गर्न सकेन ।वसुधराका श्रीमान् छुतरु मुसहरको वंशजका आधारमा नागरिकता भए पनि फेला परेका माइती पक्षका दाजु उत्मा ऋषिदेवको जन्मका आधारको मात्र नागरिकता रहेको छ ।विवाहित महिलाको नागरिकता बनाउन माइती पक्षबाट सनाखत हुनुपर्ने अनिवार्य नियम भएकाले वसुधराको नागरिकता सिफारिस गर्न नसकेको वडाध्यक्ष रामप्रसाद पोखरेलले बताए ।

‘माइती पक्षले सनाखत नगरेसम्म नागरिकता सिफारिस हुन नसक्ने र त्यसका लागि जन्मको नभई वंशजकै नागरिकता हुनुपर्ने कानुनी प्रभावधान रहेकाले चाहेर पनि वृद्धा सिफारिस गराउन सकेनौँ,’ सुन्दरदुलारी अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष कल्पना घिमिरेले भनिन् ।नागरिकता बनाएर वृद्ध भत्ताको कार्ड बनाएपछि मात्र वसुधराले ज्येष्ठ नागरिकको भत्ता पाउन सक्नेछिन् । ‘वसुधराले भत्ता पाऊन् भन्ने हाम्रो पनि चाहना हो । उनको नागरिकताका लागि सकेसम्म सिफारिस गर्ने प्रत्यन गर्यौँ । तर, माइती पक्षको वंशको नागरिकता नभएकाले सकेनौँ,’ पोखरेलले भने ।

दुवै खुट्टा पक्षघात भएकाले हिँडडुल गर्न नसक्ने वसुधराले शौच पनि ओछ्यानमै गर्छिन् । डिपोस्थित मुसहर बस्तीमा करिब ५० घर सुकुम्बासी ऋषिदेव ९मुसहर० परिवारको बसोबास छ । यो समचार
नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७