नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित २० जना नेकपा प्रवेश


२ मंसिर २०७६, सोमबार
nekapa office

मध्यपुरथिमी, २ मंसिर । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

नेकपा प्रवेश गरेकाहरुलाई आज नेकपाले पार्टी प्रवेश कार्यक्रम गरेर स्वागत गरेको उनले बताए । नेकपा प्रवेश गरेका सबैलाई भक्तपुर इन्र्चाज दिलीप प्रजापति, सहइन्र्चाज सोमप्रसाद मिश्र, पार्टी जिल्ला अध्यक्ष बचन देउजा, नेकपा पार्टी सचिव तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार डीपी ढकाललगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७