‘सूर्योदय नगरपालिका प्रदेश–१ को एक्लो पर्यटकीय नगर हो’


२ मंसिर २०७६, सोमबार
ran bahadur rai scaled

इलामको सूर्योदय नगरपालिकाका प्रमुख (मेयर) रनबहादुर राई अहिले पूर्वका चलायमान मेयरहरुमध्ये एक हुन् । तत्कालीन नेकपा एमालेबाट सूर्योदय नगरपालिकाको मेयरमा विजयी भएका रनबहादुर राई अहिले नगरको विकास निर्माणको कामका कारण स्थानीय नागरिकबीच निकै लोकप्रिय भइरहेका छन् । चिया खेतीको पहिलो इतिहास बोकेको इलामको चिया क्षेत्रको समस्या, अवसरसँगै इलामको पर्यटन विकासका लागि गरिरहेका प्रयासहरुका कारण रनबहादुर राईले स्थानीयको मन जितिरहेका छन् । विकास निर्माण र पर्यटनकै माध्यमबाट सूर्योदय नगरपालिका र सिङ्गो इलामको समृद्धि सम्भव देख्ने राई अहिले सूर्योदय नगरपालिकामा महोत्सव आयोजनाको तयारीमा छन् । नगरको पर्यटकीयस्थलहरुको प्रवद्र्धनका लागि नगरपालिकाले आयोजना गर्न लागेको ‘प्रथम सूर्योदय महोत्सव’ तयारीको सन्दर्भमा नयाँपेजले गरेको कुराकानीको सार संक्षेप :

प्रथम सूर्योदय महोत्सव आयोजना गर्दै हुनुहुन्छ तयारी कस्तो छ ?

महोत्सवका लागि समिति बनेको छ । उपप्रमुुखको संयोजकत्वमा बनेको समितिले कामहरु अगाडि बढाइरहेको छ । हामी यसै शिलशिलामा काठमाडौँ आएर पत्रकार सम्मेलन र यहाँ रहनु भएका सम्पूर्ण इलामका महानुुभावहरुसँग महोत्सवलाई कसरी थप भव्य, सभ्य र सफल बनाउन सकिन्छ भन्ने विषयमा छलफल ग¥यौं ।

इलाम त उसै पनि पर्यटकीय जिल्ला फेरि महोत्सवको गर्नु उद्देश्य चाँहि के हो ?

सूर्योदय नगरपालिका प्रदेश न. १ को पहाडी जिल्लाको सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिका मात्रै होइन् भारतको पर्यटकीयस्थल दार्जिलिङको तीन वटा ट्रान्जिट भएको नगरपालिका पनि हो । यस्तै पाँच ‘अ’ (अर्थोडक्स, ओलन, अकबरे, आलु र अलैँची) ले परिचित, सूर्योदय सबैभन्दा राम्रो अवलोकन गर्न सकिने श्रीअन्तुडाडाँ भएको नगरपालिका हो । त्यसैगरी लोपोन्मुख हुँदै गएको जनावर ‘रेड पाण्डा’ पाउने र सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने नगरपालिका हो ।

सूर्योदय नगरपालिकामा यस्ता धेरै विशेषताहरु पाउन सकिन्छ । प्रदेश नं. १ को २०७५–७६ को आर्थिक बजेट भाषणमा सूर्योदय नगरपालिकालाई ४६ वटा नगरपालिका, दुुई वटा उपमहानगरपालिका र एउटा महानगरपालिको एक्लो पर्यटकीय नगर घोषणा गरिसकिएको छ । संघीय सरकारले १०० घुुम्नै पर्ने पर्यटकीयस्थलहरुमा कन्याम, फिक्कल र अन्तुको सर्किट भनेर सूर्योदय नगरपालिकालाई तोकिएको छ । देशव्यापी मात्र नभई अन्तर्राष्ट्रि«यव्यापी गराउन पनि महोत्वस आयोजना गरिएको हो ।

तपाईहरुले आन्तरिक पर्यटक पाँच लाख र सूचना दिने चाँहि १५ लाख भन्नुु भएको छ, कसरी गर्नु हुन्छ ?

देशव्यापी रुपमा १५ लाख बढी व्यक्तिहरु माझ पुर्याउने योजना र पाँच लाखले सूर्योदय महोत्सवमा आवातजावत गर्ने आंकडाको अनुमान गरेका छौं । यो आँकडा नगरबासी, आन्तरिक पर्यटक र बाह्यबाट आउने पर्यटकहरुको संख्या पनि हो । त्यसकारण महोत्वसवमा पाँच लाखभन्दा बढी पर्यटकको आवातजावत हुन सक्छ ।

सूर्योदय नगरपालिकामा अहिले पनि पर्यटकको घुँइचो नै छ, यसरी पर्यटक तानिनुमा कन्यामको मुख्य योगदान छ । तर कन्याममा शौचालय, पिउने पानी, होटलको सुविधा छैन भन्ने गुनासो सुनिन्छ नि ?

यी सबै कुराहरुको हामीले व्यवस्थापन गरिसकेका छौं । शौचालयको कुरा गर्दा पहिले एउटा थियो अहिले थप एउटा निर्माण गरिसकेका छौँ । सुचारु गर्न मात्र बाँकी छ । खानेपानीको कुरा गर्दा २५ लाख भन्दा बढीको बजेटमा पानी टयाङ्की निर्माण गरिसकेका छौँ । त्यहीबाट पानी उपलब्ध हुन्छ । ढुक्क हुनुहोस् । खानेपानी र शौचलय महोत्सव भन्दाअघि नै तयार भइसक्छन् । सुविधायुक्त होटलहरु यहाँ छन् । यस पटक पर्यटकले कुनै पनि किसिमको असुविधा महसुस गर्नु पर्दैन ।

इलामको पर्यटन महोत्सव भन्ने वितिक्कै अर्थोथक्स चिया जोडिएर आउँछ । यो पटक पनि पर्यटकलाई अर्थोडक्स चिया चखाउने कार्यक्रम होला । तर, इलाममा अर्थोडक्स चिया उत्पादन हुने भए पनि खासमा इलामलेहरुले नै अर्थोडक्सको स्वाद चाख्न पाउँदैनन् भन्ने सुनिन्छ, खासमा यो कुरा सहि हो ?

इलामबासीले मात्र होइन, त्यहाँको आवश्यकता हेरेर कस्तो प्रकारका चिया खोज्छन्, त्यही अनुसारको हामी उपलब्ध गराईरहेका छौं । कसैले राम्रो ग्रिन टी खान्छु भने सहज रुपमा उपलब्ध हुन्छ । ब्लाक अर्थोडक्स चिया पिउँछु भन्नेलाई पनि छँदैछ । पाउँदै नपाउने भन्ने चाँह होइन तर, आवश्यकता अनुसार अर्गानिक सर्टिफाइड टीको माग बढेर गएको हुनाले त्यहाँ नपाइने हो कि भन्ने शंका हुन सक्छ । तर, शंका गर्न पर्दैन आवश्यकता अनुसार उपलब्ध हुन्छ ।

Ilam kanyam Comanding View%E0%A4%9C%E0%A5%8D%E0%A4%9E


इलामवासीले नै पनि सिटिसी दानादार चिया बढी प्रयोग गरेको देख्न सकिन्छ, यतिधेरै अर्थोडक्स चिया उत्पादन हुने इलामले किन सिटिसीको दानादार चिया प्रयोग गरेका होलान् ?

अहिले इलामेलीहरुले सिटिसी चिया प्रयोग लगभग छोडिसकेका छन् । कि हाते चिया पिउनुहुन्छ । सिटिसी चाँही केही बाहिरबाट आएकाले खोलेका पसलहरुमा पाइन्छ । इलामेलीले अर्गानिक मात्र होइन आफैले बनाएका हाते चिया पिउन थालिसकेका छन् । त्यो बानी बसालिसकेका छन् । सिटिसी चिया खाँदै गरेकाले यहि चिया खोज्ने हुँदा कसै कसैले राखेका पनि हुन्छन् ।


यति ठूलो महोत्सव आयोजनाको संघारमा हुनुहुन्छ, सुरक्षा व्यवस्थाको प्रबन्ध चाँहि कसरी मिलाउनु भएको छ ?
महोत्सवको सुरक्षा र पर्यटकको सुविधाका लागि हामी एक हजार स्वम्सेवक परिचालन गर्छाैँ । यस्तै महोत्सवमा शान्ति सुव्यवस्था कायम गर्न सशसस्त्र, जनपद प्रहरी र थोरै भए पनि नगर प्रहरी परिचालन गर्छौ । यसका साथै प्रत्येक टोल सुधार समिति, विभिन्न वडाहरुलाई परिचालन गर्छौ । उद्घाटन सत्र अन्तिममा राख्ने भनेका थियौं । पार्किङ व्यस्था हुन नसक्ने भएकाले नै यसो गर्न लागेका थियौँ । कुनै बेला इमरजेन्सी पर्न सक्छ । व्यवस्थापन कसरी गर्न सक्छौँ भनेर ध्यान दिंदै अहिले करफोक विद्यालय र आइताबारेमा पार्किङको व्यवस्था गर्ने गरी कार्यपालिकामै छलफल गरी अगाडि बढ्दै छौं ।


पर्यटकलाई बस्नेको व्यवस्था र सुविधा चाँहि कस्तो छ ?
नगरपालिकामा कल सेन्टरको व्यवस्था गरिसकेका छौं । ट्रोल फ्रि सञ्चालन गरिसकेको छौं । नगरपालिकाले वेभसाइट, एप्स चलाएको छौं । सबै होटल, होमस्टेहरुको केन्द्रीकृत सूचना दिने गरी नगरपालिकाले व्यवस्था गर्छ । कोही पनि महोत्सवमा आएर अप्ठयारो नपरुन् भन्ने हेतुले पर्चा पम्पप्लेट राखेर पनि सेवा दिन्छौं ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७