टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता


२ मंसिर २०७६, सोमबार
tiktok smart khbar

क्यालिर्फोनिया, २ मंसिर । पछिल्लो समय निकै लोकप्रिय भइरहेको ‘टिकटक’ नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या एक अर्ब ५० करोड पुगेको छ ।

सेन्सर टावरको पछिल्लो विवरणमा एप्पलको एप स्टोर र गुगलको प्लेस्टोरबाट टिकटक एप डाउनलोड गर्न सकिन्छ ।

टिकटकले यस वर्ष ‘नन–गेमिङ’ वर्गमा सर्वाधिक डाउनलोडतर्फ तेस्रो स्थान हासिल गरेको छ । ह्वाट्सएप सर्वा्धिक डाउनलोडको पहिलो नम्बरमा छ भने दोस्रो, चौथो र पाँचौंमा क्रमशः मेसेन्जर, फेसबुक र इन्स्टाग्राम रहेका छन् ।

सन् २०१९ मा मात्र टिकटकको डाउनलोड संख्या अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत वृद्धि भएर ६१ करोड ४० लाख पुगेको छ । टिकटक डाउनलोड गर्नेमा भारतबाट सर्वाधिक करिब ३१ प्रतिशत योगदान छ, जहाँबाट ४६ करोड ६८ लाखले डाउनलोड गरेका छन् । रासस–एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७