‘द भ्वाइस अफ नेपाल’ को यात्रा अविस्मरणीय रह्याे, त्यहाँ रहँदाका पलहरु रमाइला थिए’


२ मंसिर २०७६, सोमबार
bijaya rai scaled

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को नकआउट चरणसम्म पुगेका इलामका विजय राईसँग नयाँपेज डटकमले गरेको कुराकानी :

भ्वाइस अफ नेपालबाट बाहिरिएपछि कस्तो लागि रहेको छ र कतिको व्यस्त बनायाे ?

बाहिंरिदा स्वाभाविक हो दुःख त लाग्छ । आउट हुने बेलामा चाँहि नरमाइलो लागेको थियो । अहिले त्यस्तो केही लागेको छैन् । इन्टरभ्यू, व्यस्त हुँदा पनि कहिलेकाँहि गीतहरुमा समय दिने कुरा कम हुँदोरहेछ ।

तपाईको भ्वाइसको यात्रा कसरी शुरु भएको थियो ?

डिजिटल अडिसनमा छनौट भएको अफिसबाट कल आएको थियो । एकदम खुशी लागेको थियो । मैले पहिले साथीहरुलाई यो कुरा सुनाएको थिएँ । घरमा भनेको थिइन् । ब्लाइण्ड अडिसनमा देखेर सरप्राइज होस् भनेर भनेको थिइन् । टिभिमा देखिसक्नु भएपछि फोन गर्नु भयो । खुशी हुनु भएको थियो ।

भ्वाइसमा सहभागी भएपछि तपाईको अनुभव कस्तो रह्यो ?

यति ठूलो रियालिटी शोमा नकाउट चरणसम्म पुग्नु पनि ठूलो कुरा हो । भ्वाइसमा रहँदाका दिनहरु अविस्मरणीय छन् मेरा लागि । लेजेण्ड सिङ्गरहरुसँग भेटेने सौभाग्य पाएँ । प्रतियोगिताका चारै जना कोचका प्रतिष्पर्धीहरु मिल्ने हुनुुहुन्थ्यो । अहिले फेसबुकमा कुरा भइराख्छ । भ्वाइसमा हुँदाका पलहरु रमाइलो थियो । म सबैसँग मिल्थे जस्तो लाग्छ, खै उहाँहरुलाई कस्तो लाग्थ्यो ।

पूर्ण संवाद हेर्नुहोस्

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७