पूर्व कप्तान पारससहित ८ नेपाली खेलाडी पीएसएल ड्राफ्टमा, सन्दीप महँगो क्याटोगरीमा


२ मंसिर २०७६, सोमबार
Sandeep Lamichhane Paras Khadka

काठमाडौँ, २ मङ्सिर (एजेन्सी) । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सहित ७ खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल)को ड्राफ्ट अन्तर्गत सिल्भर क्याटगेरिमा परेका छन् ।

सोमबार पीएसएलले सार्वजनिक गरेको ड्राफ्टमा पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, ब्याट्सम्यानहरु आरिफ शेख, रोहितकुमार पौडेल तथा शरद भेषवाकर र बलर सोमपाल कामी सिल्भर क्याटगेरिमा परेका हुन् ।

सात जना नै सिल्भर क्याटागोरी (विदेशी)मा समावेश भएका छन्। यो क्याटागोरीको मूल्य १५ हजारदेखि ३५ हजार अमेरिकी डलर रहेको छ।

क्यानले सिफारिस गरेका पाँच खेलाडी मध्येबाट आरिफ शेख र विनोद भण्डारी ड्राफ्टमा समावेश भएका छन्। बलर करण केसी, अलराउन्डर पवन सर्राफ र स्पिनर ललितनारायण राजवंशी समावेश गरिएका छैनन्। यद्यपी ड्राफ्टको इमर्जिङ क्याटागोरीको ड्राफ्टको नाम सार्वजनिक हुन बाँकी छ।

 

नेपाली लेग स्पिनर सन्दीप लामिछाने भने प्लेटिनम क्वाटगेरीमा रहेका छन् । जुन सबै भन्दा महँगो क्याटोगरी हो । सन्दीप रहेको क्याटगेरीमा अफगानिस्तानका राशिद खान, मोहम्मद नाबी, मुजिव उर रहमान, मोइन अली, एलेक्स हक्स, जोसन रोय, कोलिन मुनरो,जेपि ड्युमिनी, डेल स्टेन, सुनिल नारायण,काइरन पोलार्ड, ड्वेन ब्राभो लगातका खेलाडी रहेका छन् ।

पीएसएलमा खेलाडीलाई ५ क्याटगेरिमा राखिएको छ । जसमा इमर्जिङ क्याटगेरिका खेलाडीले ६.५ देखी ९.५ हजार अमेरिकी डलर पाउने छन् ।

त्यस्तै सिल्भरमा पर्नेले १५ देखी ३५ हजार अमेरिकी डलर पाउने छन् । गोल्ड क्वाटगेरीका खेलाडीले ४४ देखी ५८ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । डाइमन्ड क्याटगरिका खेलाडीले ७३ हजार देखी १ सय ३ पाउण्ड सम्म पाउने छन् । त्यस्तै प्लेटिनम क्वाटगेरीमा रहेका खेलाडीले १ लाख ४७ हजार देखी २ लाख १८ हजार अमेरिकन डलरसम्म प्राप्त गर्ने छन् ।

पीएसएलको ड्राफ्ट आगमी डिसेम्बर ६ र ७ मा हुने छ । एक टोलीले प्लेटिनम, गोल्ड र डाइमन्ड क्याटगेरीका ३–३ जना मात्र किन्न पाउने छ । सिल्भर क्वाटगेरीका ५ र इमर्जिङ २ प्लेयर राख्नुपर्ने हुन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७