पूजा बोहोरालाई बलात्कार गर्ने दुबैलाई साढे ११ वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति


२ मंसिर २०७६, सोमबार
Suprme Court of Nepal

काठमाडौं, २ मंसिर :  सर्वोच्च अदालतले पूजा बोहोरालाई बलात्कार गर्ने सागर भट्ट र अमर अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको छ । बैतडीको पाटन बजारमा गेसपेपर किन्न गएकी बोहोरालाई भट्ट र अवस्थीले बलत्कार गरेका थिए ।

सर्वोच्चले दोषी र सरकार दुवैले गरी बोहोरालाई १० लाख क्षतिपूर्ति भर्नुपर्ने पनि फैसलामा जनाइएको छ । न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले उच्च अदालत (तत्कालीन पुनरावेदन) महेन्द्रनगरको फैसला उल्टाएर भट्ट र अवस्थीलाई यो सजाय सुनाएको हो । उच्च अदालत महेन्द्र नगरले उनीहरूलाई सफाइ दिएको थियो।

जिल्ला अदालतले भने उनीहरूलाई बलात्कार गरेकोमा ८ वर्ष, सामूहिक बलात्कार गरेकोमा ५ वर्ष गरी १३ वर्ष जेल सजाय र ५० हजार क्षतिपूर्ति भराउने सुनाएको थियो।

२०६८ चैतमा एसएलसी परीक्षा दिन कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय पुगेकी बोहोरा गेसपेपर किन्न एक पसलमा गएकी थिइन्। त्यहीबेला भट्ट र अवस्थीले उनको बलात्कार गरेका थिए।

सर्वोच्च अदालतले आज गरेको फैसलामा क्षतिपूर्ति निर्धारण प्रतिवेदन बनाउने अधिकृत तोक्न पनि सरकारलाई आदेश गरेको छ। त्यतिमात्र होइन बलात्कार मुद्दाको अनुसन्धान गर्ने बेला देखि नै आरोपीको आर्थिक अवस्था र सम्पत्तिको विवरणहरू तयार पार्न परमादेश गरेको छ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७