टी–१० लिगमा सन्दीपको टिम कर्नाटका पराजित


२ मंसिर २०७६, सोमबार
Team Sandeep karnatak

काठमाडौं, २ मंसिर । युएईमा जारी टि–१० क्रिकेट लिगमा  नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित कर्नाटका टुसकेर्सले पराजित भएको छ । सोमबार भएको खेलमा कर्नाटका  डेकन ग्लाडीयटर्ससँग पाँच विकेटले पराजित भएको हो ।

कर्नाटकाले दिएको १११ रनको लक्ष्य ग्लाडीयटर्सले ८ ओभर ३ बलमा पाँच विकेट गुमाउँदै १११ बनायो ।   ग्लाडीयटर्सका लागि किरोन पोलार्डले सर्वाधिक ४५ रनको योगदान गरे । 

त्यस्तै भानुस्का राजपाकसले २७ रन जोड्दा मोहमद साजादले १३ बनाउँदा डेनियस लोरेन्सले ११ रन जोडे ।

यसअघि आबु धाबीमा टस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले निर्धारित १० ओभरमा ३ विकेट गुमाएर ११० रन बनायो । कर्नाटकाका लागि जोन्सन चार्ल्सले ३५ रन,  कप्तान हसिम अल्मलाले अविजित ३२ रन , एभिन लुइसले २३ रन र  रोस व्हाइट्लीले १३ रन बनाए ।

बलिङतर्फ ग्लाडीयटर्सका जाहिर खान, फवाद अहमेद र मिगेल प्रेटोरिएसले समान एक(एक विकेट लिए । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७