नेपालमा पहिलोपल्ट आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना


३ मंसिर २०७६, मंगलवार
udyog 1

काठमाडौं, ३ मंसिर । मुलुकमा पहिलो पटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता प्रक्रिया पूरा भएपछि आधुनिक फलाम खानीले संस्थागत आकार लिएको हो ।

नवलपुरको होप्से गाउँपालिकामा स्थापना गर्न लागिएकोे फलाम खानी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई कम्पनी सञ्चालनका थप प्रक्रिया अगाडि बढाइएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले कम्पनी ऐन, २०६३ अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘धौवादी फलाम खानी लिमिटेड’ नामको कम्पनी दर्ता भएको जानकारी दिए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७