निर्मला बलात्कार-हत्या प्रकरण : दोषको दुनो फेरि दिलिपसिंह विष्टतिरै


३ मंसिर २०७६, मंगलवार
nirmala 2 1

काठमाडौं, ३ मंसिर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न नसकिने ठहर गरेपछि अनुसन्धानमा सहज भएको बताएका छन् ।

दिलिपसिंह विष्टविरुद्ध निर्मलाकी आमा दुर्गादेवीले दिएको किटानी जाहेरीबारे बुझ्न गएको टोलीसँग प्रजिअ वैद्यले दिलिपविरुद्ध दर्ता गरेको किटानी जाहेरी र प्राविधिक टोलीको प्रतिवेदनलगायतले अनुसन्धानमा सघाएको बताएका हुन् ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दिलिपविरुद्ध दुर्गादेवीले दिएको किटानी जाहेरीका सम्बन्धमा सोमबार स्थानीय प्रशासनको ध्यानार्कषण गराइएको छ ।

अनुसन्धानको दायरा साँघुरिंदै गाएको प्रजिअ वैद्यको भनाइ छ । दिलिपविरुद्ध परेको किटानीलाई प्रशासनले गम्भीरताका साथ लिएको उनले दाबी गरे । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७