श्रीलङ्काका राष्ट्रपतिले भने, ‘श्रीलङ्कालीले नेपाललाई विशेष स्थान दिएर मुटुमा राखेका छन्’


३ मंसिर २०७६, मंगलवार
srilanka

श्रीलङ्का, ३ मंसिर । श्रीलङ्काका नव निर्वाचित राष्ट्रपति गोतभाया राजपाक्षले ‘श्रीलङ्काली नागरिकले नेपाललाई विशेष स्थान दिएर मुटुमा राखेको बताएका छन् ।

उनले श्रीलङ्काली नागकिरले नेपाललाई बुद्धको जन्मभूमिका रूपमा मुटुमा विशेष स्थान दिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजापाक्षेलाई राष्ट्रपति निर्वाचित भएकोमा ट्वीटरमार्फत दिएको बधाई फर्काउँदै उनले यस्तो कुरा बताएका हुन् ।

rajapachhe

ट्वीटरमार्फत नै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिदै राजापाक्षेले सार्क क्षेत्रको आर्थिक समृद्धि र शान्तिपूर्ण सहअस्तित्वका लागि काम गर्ने बताएका छन् । उनले ओलीसँग चाँडै भेट्ने आशा समेत व्यक्त गरेका छन् ।

राजापक्ष पूर्व राष्ट्रपति महिन्दा राजापाक्षे भाइ हुन् । उनले श्रीलंकामा तामिल विद्रोहीलाई दबाउन मुख्य भूमिका खेलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७