गोदावरीमा राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिता हुँदै


३ मंसिर २०७६, मंगलवार
karate ikkf

ललितपुर, ३ मंसिर । नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीको आयोजनामा गोदावरी नगरपालिका–९ छम्पीमा ‘राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिता–२०७६’ हुने भएको छ ।

आउँदो पुस ४ र ५ गते छम्पी खेल मैदानमा राष्ट्रव्यापी प्रतियोगिता हुने नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीका अध्यक्ष लाक्पा शेर्पाले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रको लागि खेलकूद’ भन्ने मूल नाराका साथ हुन लागेको यस प्रतियोगिताले सामाजिक र भौतिक विकासको साथै नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्‍याउने छ’, शेर्पाले भने ।

प्रतियोगितामा १० जिल्लाका २५ केजी तौलमाथिका २५० खेलाडीले भाग लिने बताइएको छ । प्रतियोगिताका लागि करीब रु १२ लाख ५० हजार रकम लाग्ने अनुमान आयोजकले गरेका छन् । यस प्रतियोगितामा नेपाललगायत भारत, श्रीलङ्का, दक्षिण अफ्रिका, पाकिस्तान, ट्युनिसिया, कङ्गोलगात मुलुकका कराते खेलप्रमी नेपाल आउने छम्पी शाखा डोजोका संयोजक विदुर कार्कीले जानकारी दिए ।

गत असोज ११ र १२ गते पहिलोप टक काभ्रेको मण्डनदेउपुर नगरपालिकाको एक विद्यालयमा उक्त प्रतियोगिता सम्पन्न भइसकेको नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई शाखा डोजो छम्पीका केन्द्रीय सचिव विक्रम महर्जनले बताए ।

नेपाल फेडेरेशन इन्टरनेशनल कराते क्योकुशिनकाईले विसं २०७६ मा औपचारिक रुपले राष्ट्रिय खेलकूद परिषद्को मान्यतामा पाएपछि ललितपुर जिल्ला खेलकूद विकास समितिमा दर्ता भई हाल विभिन्न १० जिल्लामा सञ्चालित छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७