दोलखामा जिप दुर्घटना हुँदा दुईको मृत्यु, ११ घाइते


३ मंसिर २०७६, मंगलवार
accident in river

रापेछाप, ३ मंसिर । रोपछाप दोरम्बाको डढुवामा बोलेरो जिप दुर्घटना भएको छ । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ८ झोरमनगाँउबाट रामेछापको दोरम्बाको दहपताल आउँदै गरेको बा १३ च ७०९५ नम्बरको बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।

डढुवामा नेवार समुदायको क्षवर कार्यक्रमको लागि हिडेका नातेदारहरू चढेको बस सोमबार साँझ कच्चीबाटोबाट डढुवाको खोचमा झण्डै तीनसय मीटर तल खसेको थियो ।

दुर्घटनामा झोरमनगाँउका भीमबहादु श्रेष्ठको अन्दाजि ११ वर्षीया छोरी दिलकुमारी श्रेष्ठ र गणेश श्रेष्ठको छोरी अन्दाजी ७ वर्षीया सुवानी श्रेष्ठ मृत्य भएको घटनाका प्रत्यक्षदर्शी स्थानीयले जानकारी दिए ।

दुर्घटनामा चालक मनोज पाण्डे सहित ११ जना घाईते भएका र उनीहरूको काठमाण्डौँमा उपचार भइरहेको श्रेष्ठले बताए घाइते हुनेहरुमा झोरमनगाँउका करिब २४ वर्षीया लालमाया श्रेष्ठ, २३ वर्षीय मानकुमार श्रेष्ठ, ८ वर्षीय यूनिया श्रेष्ठ, ५० वर्षीय केन्द्रबहादुर श्रेष्ठ, १३ वर्षीय बिनबहादुर श्रेष्ठ, २६ वर्षीयलक्ष्मी श्रेष्ठ, १० वर्षीय इच्छा श्रेष्ठ, ६ वर्षीय सुक्रिया श्रेष्ठ, ८ वर्षीयसुमिर श्रेष्ठ र विमला श्रेष्ठ रहेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७