चरिकोटमा ठेकेदारविरूद्ध मानव साङ्लो प्रदर्शन


३ मंसिर २०७६, मंगलवार
PrabhuJirel Charikot RSS 031

चरिकोट, ३ मंसिर । भक्तपुर नगरकोटका स्थानीयले ठेकेदारविरूद्ध थालेको विरोध शैली अहिले देशभर अनुशरण गर्ने क्रम बढेको छ ।

केही दिनअघि दोलखाको चरिकोटका स्थानीयले बाटो नबनाउने ठेकेदारको फोटो बस र बिजुलीका पोलमा टाँसे । यस्तै चरिकोटवासीले आज (मंगलबार) पनि ठेकेदारलाई दबाब दिन भन्दै मानव साङलो प्रदर्शन गरेका छन् । असारमै कालोपत्रे गरिसक्नुपर्ने सडक निर्माणमा ठेकेदारले ढिलाइ गरेपछि दोलखाको चरिकोटमा स्थानीय वासिन्दाले मानव साङ्लो बनाएर विरोध जनाएका हुन् ।

गत शनिबार सडक अलपत्र पार्ने ठेकेदार दीपक सापकोटाको फोटो बस, चोक र पोलमा टाँसेर विरोध गरेका उनीहरूले मंगलबार मानव साङ्लो बनाएका हुन् । सिन्धुपाल्चोक खाडीचौर– मुडे २५ किमी र मुडे–चरिकोट ३० किमी बेग्लाबेग्लै ठेक्का निकालेर सडक निर्माणको जिम्मेवारी दिए पनि सडक निर्माण अलपत्र छ ।

मंगलबार बिहान चरिकोटस्थित सातदोबाटोमा सडक निर्माण काम शुरू गर्न माग गर्दै मानव साङ्लो बनाइएको हो । उनीहरूले शंकरमाली निर्माण सेवाका प्रमुख सापकोटाविरूद्ध कारबाही गर्न पनि माग गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७