पार्टी वैठक पन्छाएर किन शितल निवास हानिए देउवा ?


१४ पुष २०७४, शुक्रबार
sher bdr

काठमाण्डौं : राष्ट्रपति विद्यादेवी भण्डारी आफू समक्ष पेस भएको राष्ट्रियभा गठनसम्बन्धी अध्यादेशको गाँठो फुकाउन केहि दिनयता निकै सक्रिय देखिएकी छन् ।sher bdr

राष्ट्रपति भण्डारीले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्षसँग अध्यादेशका बारेमा छलफल गरेलगतै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेकी छन् । देउवा कार्य सम्पादन समितिको बैठकलाई रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन् । राष्ट्रपतिसँग परामर्श गरेर उनी पुनः बैठकमै फर्किने जनाइएको छ । राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अध्यादेश गठन सम्वन्धमा परामर्श गर्न बोलाएकाले सभापति देउवा शितल निवास गएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीले शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि परामर्श गरेकी थिइन् । ओलीसँगको भेटवार्ता सकिएलगत्तै उनले प्रधानमन्त्री देउवालाई शितल निवासमा बोलाएकी थिइन् । सरकारले राष्ट्रपति समक्ष पेश गरेको अध्यादेशमा उल्लेख भएको एकल संक्रमणीय प्रणालीको सट्टा बहुमतीय प्रणाली राख्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले माग गर्दै आएको छ । तर कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश संवैधानिक राष्ट्रपतिले स्वीकृत गर्ने संवैधानिक जिम्मेवारी भएको तर्क गर्दै आएको छ । कांग्रेस नेता डा. महतले राष्ट्रपति भण्डारीले जस्ताको तस्तै अध्यादेश प्रमाणीकरण गर्ने विश्वास व्यक्त गरे । उनले समानुपातिक सांसदको सूची पनि चाँडै तयार पारेर निर्वाचन आयोगमा पेश गर्ने बताए ।

अध्यादेशका कारण आफै अप्ठ्यारोमा पर्न थालेपछि राष्ट्रपति भण्डारीले दलका नेताहरुसँगको छलफललाई बाक्लो बनाएकी हुन् । अध्यादेश जारी नभएसम्म सरकार गठनको बाटो नखुल्ने भएपछि अध्यादेश रोकेको आरोप राष्ट्रपति भण्डारीलाई लाग्दै आएको छ । अध्यादेश जारी गर्न चौतर्फी दवाव बढ्न थालेपछि राष्ट्रपति भण्डारी अध्यादेश जारी गर्ने मुडमा पुगेको समेत संकेत मिल्न थालेको छ । यसअघि राष्ट्रपति भण्डारीले दलहरुबीच सहमति भएपछि मात्र अध्यादेश जारी हुने अडान कस्दै आएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७