विद्या भट्टराई सशक्त नारी : पाण्डे


३ मंसिर २०७६, मंगलवार
bidhya bhattarai 2

पोखरा, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले कास्की–२ मा महिला नेतृत्व स्थापित गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् ।

कास्की क्षेत्र नं २ का उम्मेद्वार विद्या भट्टराईको चुनावी अभियानको कोणसभामा पाण्डेले विद्या भट्टराई सशक्त नारी हस्ताक्षर भएको बताए ।

नेता पाण्डेले कम्युनिष्टले मात्र देशको स्वाधीनता र राष्ट्रियता जोगाउन सक्ने भएकाले कम्युनिष्ट नेतृत्वमा प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।

उम्मेदवार भट्टराईले पूर्वाधार विकास बिना समृद्धि सम्भव नहुने हुँदा आफूसँग थुप्रै योजना रहेकाले सो योजना कार्यान्वयनका लागि अवसर प्रदान गर्न आग्रह गरिन् । जनता भेटघाट कार्यक्रममा नेकपाका जिल्ला सदस्य, नेकपाका वडाध्यक्ष, पूर्व जनप्रतिनिधिसहित स्थानीयवासीको बाक्लो सहभागिता रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७