जोर्ज वेहको जीवन : फुटबलरदेखि राष्ट्रपतिसम्म


१४ पुष २०७४, शुक्रबार
foot

चेल्सी, म्यानचेष्टर सिटी र एसी मिलानका पूर्व स्ट्राइकर जोर्ज वेह लाइबेरियाको राष्ट्रपति बनेका छन् । ५१ वर्षीय वेहले सन् १९९५ मा बालोन डि’ओर जितेका थिए । उनी बालोन डि’ओर जित्ने पहिलो पटक गैरयुरोपियन फुटबलर हुन् । उनले १८ वर्ष लामो व्यवसायिक फुटबल करियरलाई २००३ मा विश्राम दिएका थिए ।foot

लाइबेरियाको राष्ट्रिय निर्वाचन आयोगले वेह राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । ९८.१ प्रतिशत मत गणना भएको छ र वेहले ६१.५ प्रतिशत मत पाएका छन् । उनले एलेन जोनसन सर्लिफको ठाउँ लिनेछन्, जो अफ्रिकाकै पहिलो निर्वाचन महिला राष्ट्रपति हुन् । वेह १९९० को दशकका केही वर्ष विश्वकै उत्कृष्ट स्ट्राइकरमध्ये एक थिए । उनको जीवनको चर्चित क्षेत्र भने एसी मिलानका लागि खेल्दा १९९६ मा रह्यो, जब उनले एक्लो प्रयासमा भेरोनाविरुद्ध गोल गरे । ड्रिडब गर्दै बल अघि बढाउँदा पेनाल्टी एरियामा विपक्षी सबै खेलाडीको सामना गर्नुपरेको थियो ।

१९८८ मा मोनाको आएका उनले ४ वर्षमा लिगमा ४७ गोल गरे र पेरिस सेन्ट जर्मेन गए । १९९४ मा उनले लिग उपाधि जिते र अर्को वर्ष च्याम्पियन्स लिगमा टप स्कोरर बने । १९९५ मा वेह इटालियन क्लब एसी मिलान लागे । उनको टिमले पहिलो सिजन नै सिरी ए जित्यो । १९९९ मा फेरि लिग जित्यो तर, वेह इंग्लिस क्लबमा आए । त्यहाँ भने उनले धेरै गोल गर्न सकेनन् ।

लाइबेरियामा खुशीयाली

राष्ट्रिपति निर्वाचित भएपछि जोर्जले ट्वीटरमार्फत् भनेका छन्–‘लाइबेरियाका मेरा साथीहरु, म पूरै देशको भावनाको सम्वोधन गर्नेछु । म आज जिम्मेवारी र महत्वलाई बुझ्दछु । अब हामी परिवर्तन उन्मुख छौं ।’ जासेफ बोआकीलाई हराउँदै जोर्ज राष्ट्रपतिमा चुनिएको खबर सार्वजनिक भएलगत्तै उनका समर्थकहरु खुसी मनाउन सडकमा निस्किएका छन् । राजधानी मोनरोविया लगायतका स्थानमा खुबीको माहोल रहेको बीबीसीले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७