बालाजुको ग्यास उद्योग हटाउन माग गर्दै नेविसंघद्वारा धर्ना


१४ पुष २०७४, शुक्रबार
nbs

काठमाडौं: नेपाल विद्यार्थी संघ (नेविसंघ) द्वारा काठमाडौंको बालाजुमा रहेको नेपाल ग्यास उद्योगले विस्तार गर्न लागेको ग्यास प्लान्ट विरुद्ध धर्ना दिएका छन् ।

nbs
शुक्रवार नेविसले मानव बस्ती नजिक ग्यास प्लान्ट राख्दा जोखिम हुने भएको भन्दै धर्ना दिएका हुन् । नेविसंघले मानव बस्ती नजिक रहेको प्रत्येक उद्योगले जोखिम उत्पन्न भन्दै गर्ने मानवा बस्ती नजिक रहेको उद्योग सबै विस्थापित गर्नुेमा सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् ।
उक्त विरोध कार्यक्रममा उपस्थित जनाएका काठमाडौं महानगर वडा १६ का अध्यक्ष कुन्दन रिजालले वस्तिवाट ग्यास उद्योग तत्काल हटाउनु पर्ने बताए । उनले बस्ती नजिक रहेको ग्यास उद्योग हटाउन नेविसंघको आन्दोलनमा सहयोग गर्न स्थानीयलाई अपिल गरे ।
केही साता अघि विरगंज ग्यास उद्योगमा पनि अगालागी भएका थिए । उद्योगमा अगालागी हुँदा २ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७