नेकपा र जर्मनीको कम्युनिष्ट पार्टीबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर


४ मंसिर २०७६, बुधबार
CPN scaled
????????????????????????????????????

काठमाडौं, ४ मंसिर :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जर्मनीको कम्युनिष्ट पार्टी डी लिंके पार्टीबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बुधबार नेकपाको वैदेशिक मामिला विभागको आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रमममा दुई कम्युनिष्ट पार्टीबीच समझदारी पत्रमा हस्तक्षार भएको हो ।

कार्यक्रममा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल र जर्मनीको कम्युनिष्ट पार्टीबीच लामो र घनिष्ट सम्बन्ध रहेको बताए । डि लिंकका प्रतिनिधिबीच आज काठमाडौँमा भएको अनुभव आदानप्रदानसम्बन्धी कार्यक्रममा उनले अहिलेको सम्बन्धलाई अझै राजनीतिक र वैचारिकरुपमा प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।

Naryan Kaji Shrestha scaled

कार्यक्रममा प्रवक्ता श्रेष्ठले मुलुक समाजवादको नयाँ मोडलका साथ अघि बढेको उल्लेख गर्दै यसले विश्वमा नै नमूना दिने प्रयास थालेको बताए । डेमोक्रेटिकको नाममा देखाउने प्रजातान्त्रिक पार्टी रहेको बताउँदै उनले नेपालमा नयाँ संविधान जारी भएर तीनै तहको सरकार गठन भई सङ्घीयता कार्यान्वयनको चरणमा गएको उल्लेख गरे । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाका साथ मुलुक आर्थिक विकासको चरणमा अघि बढेकोसमेत बताए ।

कार्यक्रममा नेकपाको विदेश विभागका उपप्रमुख विष्णु रिजालले कार्यक्रमको उद्देश्यबारे बताए । जर्मनीको कम्युनिष्ट पार्टी डी लिंके ले त्यहाँको संसद्मा रहेका ७०९ सदस्यमध्ये ६९ सिट जितेको छ ।

जर्मनीको छ वटा पार्टीमध्ये यसको स्थान पाँचौँ रहेको रिजालले जानकारी दिए । उसले चुनावमा नौ प्रतिशत मत हासिल गरेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७